प्रधानमन्त्री ओली भन्छन्, ‘महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउने विश्वास छ’

 

चैत ८, काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणमा र संरक्षणमा विश्वास नगरि प्रतिस्प्रधा र क्षमता विस्तार गर्नु पर्नेमा जोड दिएका छन् । ललितपुरमा बिहिबार राष्ट्रिय महलिा उद्यमी महासंघले गरेको कार्यक्रममा बोल्दै उनले महिलालाई खास गरि आरक्षणमा भर नपर्न अनुरोध गरको हुन् ।
उनका अनुसार आरक्षण केहि समयका लागि मात्रै हुने भन्दै अन्ततः प्रतिस्प्रधाले नै क्षमताको विकास गराउने बताए । वर्तमान सरकार जनताको हितमा केन्द्रित रहेको उल्लेख गर्दै उनले स्थानीय तहदेखि संघीय संसद सम्म महिलाहरुको प्रतिनिधित्व ४१ प्रतिशतमा पुगेको बताए । साथ उनले अब छिट्टै ५० प्रतिशतमा पुराउने विश्वास रहेको बताए ।

स्रोत इकान्तिपुर