कर्मचारी सरकार भन्दा माथि छैनन् : खटाइएको ठाउँमा नगए बर्खास्त !

चैत्र ६, काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवासुविधा रोक्ने चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी कार्यक्षेत्र नगए तत्काल बर्खास्ती देखि अन्य कारबाही गर्ने चेतावनी दिएका हुन् । अहिले सम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगि सकेका छन्, रेकर्ड लिने काम जारी छ, खटाइएको ठाउँमा कर्मचारी अनिवार्य पुग्नै पर्छ, नपुगेको वा अन्यत्र काम गर्छु भन्नेलाई कुनैपनि सुविधा दिँदैनौं । उनले भने, उहाँहरुले तत्काल काम सुरु गर्नु पर्छ, कार्यक्षेत्रमा पुगेपछि यदि उहाँहरुको जायज माग बारे म विचार गर्न तयार छु, तर पहिले कार्यक्षेत्र अनिवार्य पुग्नै पर्छ ।’

साक्षात्कारमा बोल्दै उनले ७२ प्रतिशत मात्रै नभएर १०० मा १०० प्रतिशत कर्मचारी खटाईएका ठाउँमा पुग्नु पर्ने बताए । नजानेहरुको बाटो एउटै हो, राष्ट्रसेवक भन्ने अनि २४ घण्टा नै राष्ट्रको सेवा गर्न तयार छु भनेर सपथ खाने, तर सरकारले खटाएका ठाउँमा नजाने हो भने यो हामीलाई सह्य हुँदैन, उनले थपे, ‘सरकार भन्दा माथि आफूलाई कर्मचारीले सम्झनु हुँदैन, यदि आफू सरकार भन्दा माथि छु भनेर कुनै कर्मचारीले भूल गरे सजायँ भोग्नुपर्छ ।
अन्नपूर्णबाट