स्थानीय तहको खर्च विवरण पारर्दशी बनाउन अटेर

काठमाडौं— स्थानीय तहले खर्च विवरण पारदर्शी बनाउन अटेर गरेका छन् । यद्यपी केन्द्र सरकारले विनियोजित सम्पुर्ण रकम निकासा गरेको छ । ७ सय ५३ वटै स्थानीय तहमा रकम निकासा गरेपनि सञ्चितकोष तथा व्यवस्थापन प्रणाली सूत्र सफ्टवेयर मार्फत अहिले सम्म २ सय ३५ वटाले खर्च विवरण पठाएका छन् ।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व –पेफा) का सदस्य सचिव मुरारी निरौलाका अनुसार स्थानीय तहबाट अहिले सम्म ४९ अर्ब १० करोड रुपैयां बराबरका खर्च विवरण प्राप्त भएको जानकारी दिएका छन् ।
सबै स्थानीय तहको खर्च र आम्दानीको विवरण पठाउने संयन्त्रका रुपमा सुत्र सफ्टवेयर उपलब्ध गराएको थियो ।