प्रधानमन्त्री ओलीको मन्त्री, सुरक्षाकर्मी र कर्मचारीलाई कडा निर्देशन

चैत ४, काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीहरु र सचिवलाई बोलाएर कडा निर्देशन दिएका छन् । काम गर्दा असफल भयो भन्ने कुरामा छुट नहुने भन्दै प्रधानमन्त्री ओलीले बारम्बार दोहोराएर कुरा बताएका थिए । ओलीले मन्त्री, कर्मचारी र सुरक्षा निकायका अधिकारीलाई समेत एकै ठाउ राखेर कडा निर्देशन र सुझाव दिएका हुन् ।
उनले विकासका बारेमा पुतली सडकको विकास जस्तो बन्ने र उम्कीने नहुने बताए । सार्थ साहेब साहेबनी जस्तो मन्त्रालय चलाउने परिपाटी अबको सरकारले स्वीकार्य नगर्ने चेतनावनी दिए । उनले सुरक्षा व्यवस्था समेट कडा पार्न निर्देशन दिए । अन्याय र विभेदका विरुद्ध जुन सुकै पक्षलाई नछोड्ने प्रधानमन्त्रीले बताए ।साथै बढुवा र सरुवाका लागि पेट्रोल खर्च नगर्न भन्दै कर्मचारीलाई व्यंग्य सहित कडा निर्देशन दिए ।