को को बने मन्त्री ?

काठमाडौं—सरकारले मन्त्रीपरिषद विस्तारमा तिब्रता देखाएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । एमालेबाट ६ मन्त्री र माओवादी केन्द्रबाट पांच मन्त्री बनेका छन् । चार राज्यमन्त्री पनि थपिएकोछ । यसले ओली सरकारमा २२ सदस्यीय हुने भएकोछ । शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीले सपथ लिएका छन् ।
को को बने मन्त्री ?
एमाले केन्द्रबाट पराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री, रविन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बने । माओवादी केन्द्रबाट वर्षमा पुन उर्जा तथा जलस्रोत मन्त्री, गिरिराजमणी पोखरेल शिक्षामन्त्री, शक्ति बस्नेत वन मन्त्रालय, विना मगर खानेपानी मन्त्री र चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री बनेका छन् । लालबाबु पण्डितलाई भने वातावरण मन्त्रालय बाट सारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राखिएकोछ ।