पराजुली अवकाशसंगै, जोशी बने कामु प्रधानन्यायाधीस

चैत १, काठमाडौं— विवादमा मुछिएका प्रधानन्यायाधीस गोपाल पराजुलीले पदमुक्त भए लगत्तै यतिबेला सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीस दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीस गोपाललाई अवकास पाएको पत्र थमाएका थिए । यसै लगत्तै दिपकले पद सम्हालेका हुन् । अवकास थमाउदा पनि गोपालले आफु नै प्रधानन्यायाधीश भएको बताउदै आएका थिए । सर्वोच्च प्रशासनले उनको नाम सुचिबाट हटाउर दिपकलाई कामु प्रधानन्यायाधीश भएको जनाएकोछ ।