२० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई पूर्णप्रतिवन्ध


चैत १, काठमाडौं –२० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले सडकमा संचालन गर्न पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसको अवज्ञा गरी २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने वताइएको छ ।
२० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेको जनाउदै चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।े गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।
२० वर्ष पुराना गाडी सढे पाचहजार रेहेको अनुमान विभागको छ ।