राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शपतग्रहण गर्दै

फागुन ३० काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारी पुन राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । मंगलबार गरिएको निर्वाचनमा भण्डारीले कांग्रेसकी उम्मदेवार कुमारील लक्ष्मी राईलाई पराजीत गरेकी हुन् । कुलमत ८ सय ८० मा भण्डारीले ३९ हजार २ सय ७५ मत पाएकी थिइन भने राईले जम्मा ११ हजार ७ सय ३० मत पाएकी थिइन् ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । विद्यादेवी अब दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । बुधबार दिउसो ४ बजे शपथग्रहणको कार्यँक्रम हुने भएका शीतल निवासले जनाएकोछ ।