चित्र माथि कविता

इमेलखबर  काठमाडौ — कवि अच्चुत घिमिरेलाइ चित्र हेरेर तत्काल कविता वाचन गर्नु थियो । उनको न कुुनै तयारी थियो, न शब्द नै मिलाउन पाएका थिए । केहि मिलेका छैनन कबिताका हरफहरु भन्दै ‘गाँउका मान्छे’ शिर्षकको कविता बाचन गरे । शनिबार जमलस्थित  सांस्कृतिक संस्थानमा चित्र हेरेर कविता सिर्जना गरिएको थियो । जसलाई प्रत्यक्ष रुपमा वाचन गरेर सुुनाइयो ।

नेपाल ललितकला मञ्च, सांस्कृतिक संस्थान र जन साहित्यीक मञ्चले ‘काठमाडौं आर्ट फेयर कला, साहित्य र संस्कृति’ गरेको छ । शनिबार भने चित्र हेरेर कविता गोष्ठी गरिएको थियो ।

कविता गोष्ठीमा कविहरुले चित्र हेरेर बिभिन्न भावनाका कविताहरु वचन गरे । कार्यक्रममा कवि यशोधा अधिकारीले आमाको भाव बोकेको ‘मेरी आमा’ शिर्षको कविता सुनाइन् । धान रोप्दै गरेको चित्र हेरेर कवि मधुु पोख्रेरलले ‘असारे रोपाइ’ शिर्षकको वाचन गरे । कार्यक्रममा रुपक अलंकार, डा. पुुष्कर राज भट्ट, प्रशान्त खरेल, बैरागी जेठा, सुदिता शाह लगायतले आ—आफ्ना रचना वाचन गरे । आर्ट फेयर २८ गते सम्म मञ्चन हुनेछ ।