मकै पोलेर जीवन उकास्दै

 

प्रकृती दाहाल—

काठमाडौ, फागुन २२ । श्रीमान साथै हुदा माया देवीलाई कहिल्यै बाहिर काम गर्ने सोच आएन । नेपाल प्रहरीको जागिरे श्रीमानले जसो तसो राम्रो लाउन र मिठो खान दिएका थिए । समय सधै भरि एकनास नहुदोरहेछ । म बाचुञ्जेल दुख नगर भन्ने श्रीमानको माया क्षणिक वन्यो ।

पांच वर्ष अघि चट्क्कै जीवनको दोसाधमा पतिले छोडेर गए । नाबालक छोरो बाहेक मायाको जीवनमा अरु कोहि छैन । ‘मान्छेको जात सारै जब्बर हुदोरहेछ’, माया भन्छिन्, ‘जस्तो समयमा पनि बाच्न सकिउने रहेछ ।’ श्रीमानको कारण ५ हजार पेन्सन आउछ । यतिले मंहगीमा छेउ टुप्पो पनि लागेन । छोरा प्रति बाबुको कांध र आमाको माया दुवै दिनुपर्छ उनले । धेरै काम खोजिन् । पढाई छैन । सिप छैन । के गर्ने ? सोचमग्न दिन बिताइरहदा मायाको आखा भरि हरिया मकै देखिए । हरिया मकै पोलेर जीवन पालेका थुप्रै महिला देखिन् । उनले पनि त्यसै गर्न थालिन् ।


बिहान ३ बजे निद्रा नखुल्दै माया कालीमाटी पुगेकी हुन्छीन् । अनि सडकमा आगो र मकैसंग उनको दिनचर्या बित्छ । जति धेरै मैक पोलिन्छ र बिक्छ उनको आजको छाक त्यसैगरि मिठो तरिकाले टारिन्छ । मकै पोल्ने व्यवसायि कम लगानिमा धेरै फाइदा लिन सकिने मायाको बुझाइछ । उनले जुन पेशा अंगालिन त्यसमा कुनै हिनता बोध छैन । बरु अझै कसरी व्यवस्थीत गरेर व्यवसाय फस्टाउन सकिन्छ भन्नेमा उनले जुक्ति लगाउन थालेकी छन् ।