बागमती सफाई अभियानमा प्रधानमन्त्रीको चासो

 

फागुन, २३ काठमाडौं—सरकार शासक भन्दा पनि संयोजनकारी निकाय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले बुधबार बागमति सफाई अभियानका अभियन्ताहरुमाझ गरेको अन्तक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । सांझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिएको थियो ।

जसमा प्रधानमन्त्रीले सरकारले राज्यको कानुन पालना गर्ने र विकास गर्ने संयोजनकारी संस्था भएको बताए । उनले बागमती सरसफाइ अभियानमा सरकारले अभियन्ताको साथ दिने समेत प्रतिबद्धता व्यक्त गरे । साथै सफाइ सगै फोहोर हुन नदिन पनि जनचेतना जगाउने अभियानमा सक्रिय हुने बताए । वि.स २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा अभियान्ताहरुले माग गरेका छन् । प्रधानमन्त्रीले यस विषयमा सरोकारवाल संग छलफल गरेर टुंगो लगाउने बताए । बागमती सफाइ अभियन्ता खेम शर्माले बागमती सफाइमा सरकारसंग सहकार्य गर्न आवश्यक रहेको सुनाए ।