संसदमा मोबाइल चलाए १५ दिन निलम्बनमा पर्ने

काठमाडौं  – संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन्। सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायतका दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ। अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको हो।  कार्यविधिअनसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बाधा पुर्‍याउने, अभद्र व्यवहार गर्ने वा संविधान वा कार्यविधिको जानीजानी उल्लंघन  वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले सुरुमा सुनाउनेछन्।  नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णायार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन्। प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन। कार्यविधिमा भनिएको छ। नागरिक दैनिकबाट