मनोज भन्छन्, ‘यो लगनलाई छल गर्नु हुदैन….’ भिडियो सहित

इमेलखबर—
‘अन्त कतै गइन
यो लगनलाई छल गर्न हुदैन
औंठी राखम बैना…’

विहेको लगन छ । यतिबेला उमेर पुगेका युवायुवति विवाह बन्धनमा बाधिने सपना बुनेका छन् भने कतिपयले लगन गा“ढो कसिसकेका छन् । मन परेको जीवन साथी संग एक पटक गरिने विवाह महत्वपुर्ण हुन्छ नै । यसैमा पञ्चेवाजाको रौनकले थप उत्सवमय बनाउछ ।
गायक एवं गीतकार मनोज दर्नालले पञ्चेवाजाको आर्कषण बुझेर यतिबेला गीत निकालेका छन् । रिजन बस्याल, लक्ष्मण पन्थीको समेत संयुक्त प्रस्तुती रहेको गीतमा मनोज संगै देवी घर्तिको स्वर रहेकोछ । शब्दमा मनोज, रिजन र लक्ष्मण तीनै जनाको सहकार्य छ भने लयमा मनोज आफैले सिर्जना गरेका छन् । वेभस्टार मिडियाले प्रस्तुत गरेको छ ।

मनोज दर्नाल बारे :
संगीत खुला आकाशमा डुल्ने स्वतन्त्र हावा हो । हरेकको स्वास प्रस्वास संग जोडिन उसलाई कुनै जात, धर्म, रंग, भाषा, संस्कृति वा समुदाय नियाल्नु पर्दैन । संगीतको स्वतन्त्रतामा यति धेरै आनन्द हुन्छ की जो कोहिले सबै दुख भुलेर आत्म आनन्द लिन सक्छ । मनोज दर्नालले संगीतको स्वाद हावासंगै लिए । अर्थात उनले बाल्यकालदेखि श्रवण गर्दै आएको लोक लय र धुनबाट नजिक भए । गाउ घरमा घास दाउरा गर्दा पनि उनको साथी लोक संगीत नै हुन्थ्ये । बरु केहि कुरा चित्त नबुझेर साथीहरुले उनलाई बिचैमा छोडि दिन्थे तर, संगीत उनीसित सधै रहिरहयो । युवा अवस्थामा पुग्दा पनि मनोजलाई तन्नेरी आभाष संगीतले नै गरायो । समय एकैनासे हुदैन । तर, संगीत भने हरेक क्षणमा स्वरुप बदलेर साथ दिइरहेको हुन्छ । मनोज भन्छन्, ‘गीत गाउन छोडे भने त बाच्न भुलेकी जस्तो लाग्छ ।’


गीत गाउने सबैले गायक गायिका बन्ने सपना देख्दैनन । रोजगारको शिलशिलामा वैदेश पुगेका मनोजलाई त्यहा पनि भरपर्दो साथी उनकै सिर्जना थियो । आफन्त छोडेर खाडि मुलुकमा दुख गर्दा उनी मनभरि भाव कुम्साएर राख्थे । त्यसलाई गीतमा शब्दमार्फत गुनगुनाउथे । कहिले आफ्नै गीतले रुवाउथ्यो त कहिले दिल खोलेर हसाउथ्यो । समय बित्दै गए । मनोजले आफुले सिर्जेका ति नै गीतलाई जीवन्त पार्न चाहे । त्यसैले उनले विदेशमा कमाएको केहि रकम गीत संगीतमा खर्च गर्ने योजना बुने । पहिलो गीत ‘सम्पर्क मै छैनौं…’, निकालेर संगीतमा डेब्यु गरे । भिरपाखादेखि विदेशको खाडीमा एक्लै गुनगुनाउदै आएको लय सिर्जनालाई दर्शकले यतिधेरै मन पराउलान भन्ने मनोजलाई कुनै अन्दाज थिएन । दर्शकको हौसलाले गर्दा मनोजले फेरि अर्को गीत निकाले पञ्चेबाजा… । जुन भर्खरै बजारमा आएकोछ । यतिबेला मनोज स्वदेशमै छन् । आफ्नै देशमा दुख गरेर आफ्नै मुलुकको भाव बोकेको संगीत सिर्जना गर्दा मनोज दंग छन् । ‘दुख गरेर काम गर्छु, जब गीत सिर्जना गर्छु तब पुरै दुख एकै क्षणमा बिर्सन्छु’, उनी भन्छन्, ‘मेरा लागि संगीत अमृत जस्तै हो ।’