नेपाली कांग्रेस पार्टी अधिनायक तर्फ बढ्न थालेकोमा बरिष्ठ नेता रामचन्द्र पौडेलको चिन्ता

फागुन, १५ काठमाडौं—निर्वाचनमा पार्टी नराम्रो संग हार खाएको घाउ अझै पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विर्सन सकेका छैनन । उनले पार्टी नेतृत्व अधिनायकवादी बाटोमा अघि बढेको आरोप समेत लागएका छन् ।
तीन वटै निर्वाचनमा पार्टीले हार खानु पर्दा पनि नेतृत्वले आत्माआलोचना गर्न नसक्नु पार्टीका लागि ठुलो घातक हुन सक्ने पौडेलले बताए । निर्वाचन अघि देखिने पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली चित्त बुझेको थिएन । तर, अंकित गर्दा निर्वाचनमा समस्या पर्ने हुदा आफु चुप लागेर बसेको पौडेलले बताए । पौडलले अब पनि पार्टीले नेतृत्व बारे सोचेन भने ठुलो समस्या निम्तीन सक्ने बताए ।