मन्त्री बन्ने आकांक्षा बढदै गएपछि ओली नेतृत्व सरकारले पुर्णता पाउन गाह्रो

फागुन १५, काठमाडौं—केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालै पुर्णता नपाउने भएकोछ । सत्ता सहयात्री दलहरुबिच मन्त्री बन्ने आंक्षा बढ्दै गएपछि तालमेल मिलाउन गाह्रो परेको हो ।
सोमबार सम्म माओवादी केन्द्रबाट २, २ जना मन्त्री चयन भएपनि अझै बांकी ११ मन्त्रालय खालि छन् । एमाले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति पहिला भएको थियो ।
यतिबेला भने संघीय समाजवादी फोरम नेपाल समेत सरकारमा सहभागी हुने भएपछि भागबण्डामा परिवर्तन हुन थालेकोछ । सत्ता रुढ दलहरुले फोरमका कारण सरकार विस्तार हुन ढिलाई भएको भनिएपनि आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नुले अर्को समस्या निम्त्ताएको नेताहरु बताउछन् ।