मिठो हास्ने ललितपुर महानगरपालीका प्रमुख चिरीबाबु महर्जनको मन छुने नगर सपना

इमेलखबर—‘म थोरै हास्ने कोशीस गर्छ । किनभने धेरै हासे भने आंखा चिम्सी पर्छ । जसले गर्दा बाहिर कमै देख्छु ।’ यति भन्दै उनी खित्का छोडी हासिरहे । ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जनको मिठो भाषण सुनिरहेका ललितपुर जनप्रतिनिधी दंग पर्दै थिए । उनीहरु मेयर साबको हासो जस्तै व्यवहार पनि मिठो रहेको टिप्पणी गर्थे ।
ललितपुरमा एकता फाउन्डेशनले गरेको दुई दिने जनप्रतिनीधि संगको गोष्ठि कार्यक्रममा मेयर चिरी बाबु महर्जनले आफ्ना जनप्रतिनिधीमाझ खुलेर विचार राख्ने अवसर पाए । उनी भन्दै थिए, ‘व्यस्त छु, त्यसैले  जनप्रतिनीधि संग बारम्बार भेट्ने मौका कमै मिल्छ । आजको कार्यक्रममा भने भेटेर केहि भलाकुसारी गर्ने अवसर पाएं ।’ मेयरको मुस्कान जति सहज छ उति काम प्रतिको गम्भीरता पनि ।
उनी यतिबेला ललितपुरलाई सांस्कृतिक सभ्यताको सहर बनाउन भरपुर प्रयास गरेको बताए । साथै केहि पुराना कानुनी व्यवस्थाले गर्दा विधीवत रुपमा काम गर्न सहज नभएको गुनासो पनि गरे । तर, उनले आटेको र सोचको ललितपुर योजना भने पुरा गरेरै छाड्ने बताए । अबको पांच वर्षको कार्यकालभर उनी बृद्धभत्ता घर घरमा पुराउने, सफा र व्यवस्थीत ललितपुर नगर बनाउने सपना बुनेका छन् ।