कता हराए प्रदेश नं. १ का १०६ जना कर्मचारी ?

फागुन १४, विराटनगर – एक नम्बर प्रदेशका सात मन्त्रालयमा १ सय ८१ कर्मचारीको दरबन्दिमा आइतबार सम्ममा ८२ जना मात्र हाजिर भएका छन । प्रदेश सभामा १४ जना मध्ये ३ जना र प्रदेश प्रमुखको कार्यालयका १८ मध्ये ४ जना हाजिर भएका छैनन् ।

केन्द्रले प्रदेश नं. १ का लागि काजमा खटाएका कर्मचारी आई नपुग्दा अझै स्थापना भएका मन्त्रालय र प्रदेश सभाले चाहे अनुसारको काम गर्न सकेका छैनन् । खटाइएका कर्मचारीहरु समयमै मन्त्रालयहरुमा हाजिर नहुँदा कार्यालयको व्यवस्थापनमा ढिला भैरहेको छ । कर्मचारी अभावकै कारण एक नम्बर प्रदेश सरकार बनेको दश दिन बितिसक्दा पनि मन्त्री र मन्त्रालयहरुले आफनो कामलाई तीब्रता दिन सकेका छैनन ।

एक नम्बर प्रदेशमा मुख्यमन्त्री कार्यालय सहित सात वटा मन्त्रालयका लागि केन्द्रबाट एक सय ८१ जना कर्मचारीहरु काज दरबन्दिमा खटिएका छन । तर आइतबार सम्ममा सबै मन्त्रालयहरुमा ८२ जना कर्मचारी मात्र हाजिर भएका छन् ।मुख्य मन्त्रीको कार्यालयका अनुसार अहिले सम्ममा माथिल्लो तहका सचिव उपसचिव र अधिकृतहरु प्राय मन्त्रालयमा हाजिर भैसकेका छन ।
नयाँपत्रिकाबाट