पुल निर्माण नसकिदै भत्कीयो

 

फागुन ८ सिन्धुपाल्चोक—भोटेकोशीमाथि पर्ने नेपाल—चीन सीमा जोडिएको लार्चा बेलीब्रिज पुल निर्माण कार्य नसकिदै भाचिएकोछ । साउन महिना लार्चाको फुल भाचिएको थियो । जसका कारण विकल्पका रुपमा बेलीब्रिज निर्माण कार्य सरकारले थालेको थियो ।

ठेकेदाको लापरवाही र वेवास्ताकारण पुल भाचिएको लामो समय सम्म पनि निमार्ण कार्य सम्पन्न भएको थिएन् । तर, आवश्यकताले गर्दा स्थानीयले ठेकेदारलाई पुल बनाउन आग्रह गरिरहेका थिए । पुल निर्माण कार्य केहि दिनमा सम्पन्न हुने तयारी भएपनि नहुदै भाचिएको छ । भोटेकोशी गाउपालीका १ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले ठेकेदारको लापरवाहीका कारण यस्तो भएको बताउछन् ।