हात्तीपाइले रोगको जोखिम बढ्दो

फागुन ८ काठमाडौं—हात्तीपाइले रोगका कारण ३० हजार बढी मानिस अपाङ भएका छन् । संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाइले रोगले ९१ लख ५४ हजार मानिस जोखिममा परेको छन् । १४ जिल्लामा गरिएको सर्वेक्षणमा  उचच संख्यामा हात्तीपाइले रोगको जोखीम रहेको तथ्याक देखा परेकोछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको थियो । महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार २०२० सम्म हात्तीपाइले रोगको निवारण गर्ने सरकारी लक्ष्य रहेपनि यसको चुनौति थपिएको बताए । विश्वका ५२ देशका ८५ दशमलव ६ करोड मानिस हात्तीपाइले रोगको जोखिममा हुने गरेको पत्रकार सम्मलेनमा जानकारी दिएको थियो ।