शीतलनिवास जान नेताहरुको दौड

फागुन २ काठमाडौं—बाम गठवन्धनका नेताहरुले यतिबेला शीतलनिवास पुग्न गृहकार्य सुरु गरेका छन् । यद्यपि प्रतिनिधिसभाको चुनाव निर्वाचन आयोगले औपचारिकता दिन बाकी नै छ ।
बुधबार आयोगले राष्ट्रपति समक्ष नतिजा पेश गर्दैछ । जसले गर्दा एमाले र माओवादी नेताहरु प्रधानमन्त्रीको दावी देखाउन लागि परेका छन् । बुधबार नै पार्टी एकता संयोजन समीतिको बैठक छ । यता आयोगले नतिजा दिएमा नेताहरु सबै बैठक छाडेर शीतलनिवासतिर लाग्ने छन् । प्रधानमन्त्रीका विषयमा चाहि मंगलबार नै ओली र प्रचण्ड बिच वान टु वान वार्ता भएको छ ।