मध्यरातमा यसरी लाग्यो वाम एकताको टुंगो, ओली र दाहाल आलोपालो नेतृत्व !

फागुन १, काठमाडौँ – लामो अनिश्चिय र आशंका बीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ । दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । रहेको दुई वामका नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारिक टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा भएको केपी ओली र पुष्पकमल दाहाल बीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्ड निकट एक नेताले भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र राम बहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् । मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साँढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

अन्नपूर्णबाट