जब गीतकार मनिषका शब्दमा गायक सनुप सललल बगे (हेर्नुस भिडियो)

काठमाडौँ –  गायक सनुप पौडेलको समुधुर स्वरमा सजिएको नयाँ गीत “एक पाइला” सार्वजनिक भएको छ । ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिस्ठका शब्द शृजनामा तयार भएको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई बडा कलात्मक ढंगले समेटीएको छ । जुन राम्रो गीत संगीत सुन्न चाहने संगीत प्रेमीहरुको लागि बिशेष हुनेछ ।

सनी सुमनको संगीतको मेलोडी र शब्दको भावले सजिलै प्रभाव पार्ने क्षमता बोकेको छ । यस गीतलाई एरेन्ज गरेका हुन् अहिलेका चर्चित एरेन्जर अल्मोडा राना उप्रेतीले। गीतको भाव अनुसार नै भिडियो पनि सनुप र उनको जीवनमा केन्द्रित छ रुशील अमात्यले निर्देशन् गरेको एक पाइलाको भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएकाछन् । गीत रिलिज भएसँगै यसले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुलीरहेको छ ।