अष्टलक्ष्मीको पराजयसंगै एमालेले गुमायो पहिलो महिला मुख्यमन्त्री हुने अवसर

माघ २६, काठमाडौं—अष्टलक्ष्मी शाक्यले प्रदेश ३ मा एमाले संसदीय दलको नेता मा चुनाव हारेकी छन् । उनको यो हार संगै मुलुकले पहिलो मुख्य मन्त्री पाउने अवसर गुमाएको राजनीतिज्ञहरुको बताउछन् । प्रदेश ७ की अष्टलक्ष्मी एउटा मात्रै मुख्यमन्त्री हुने दावेदार थिइन् । एमाले राजनीतिक इतिहासमा अष्टलक्ष्मी सिनियर महिला नेता हुन् । उनले २०२८ साल देखि राजनीतिमा सक्रिय हुदै आएकी थिइन् । पाटीका शिर्ष नेताहरुको सहयोग नपाएपछि अष्टलक्ष्मी पराजय हुनु परेको हो । एमाले भित्रको गुटबन्दीले गर्दा अष्टलक्ष्मी ओझेल परेकी हुन् ।