राष्ट्रिय सभामा पनि वाम गठबन्धनको बहुमत : कुन प्रदेशमा कति सिट जिते ?

काठमाडौँ – संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचन सकिएर मतपरिणाम आएको छ । राष्ट्रिय सभामा एमाले कांग्रेस र माओवादीले सिट जितेको छ । राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा‘ बादल’, दीनानाथ शर्मा लगायतका नेताहरु निर्वाचित भएका छन् । प्रत्येक प्रदेशबाट एक अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति, एक दलित , तीन महिला र तीन खुला गरी ८,८ जनाको दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एक महिला सहित तीन जना मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।  कहाँ कसको जित ? :

प्रदेश १ 
प्रदेश १ मा एमाले ५, कांग्रेस २ र माओवादीले एक सिट जितेको छ । प्रदेश १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने एक/एक दलित र अल्पसख्यक वा अपाङ्गको गरी दुई जना निर्वाचन भएको छ ।

परशुराम मेघी गुरुङ- निर्विरोध एमाले
हरिचरण शिवाकोटी -निर्विरोध, एमाले
रमेशजङ्ग रायमाझी -निर्विरोध, कांग्रेस
महिलातर्फ
नैनकला ओझा -निर्विरोध, एमाले
विना पोखरेल -निर्विरोध, माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी -निर्विरोध, कांग्रेस
दलिततर्फ
खेमराज नेपाली -निर्वाचित, एमाले अपाङ्ग अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई -निर्वाचित, एमाले

प्रदेश २
प्रदेश २ मा एमाले १ , संघीय समाजवादी पार्टी २ , राजपा २ र माओवादीले एक सिट जितेको छ । प्रदेश २ मा सबै निर्विरोध निर्वाचित भएका छन् ।
खुला
जीतेन्द्र देव -निर्विरोध, कांग्रेस
रमेशप्रसाद यादव -निर्विरोध, राजपा
सुमनराज प्याकुरेल -निर्विरोध, एमाले

महिलातर्फ
शशीकला दाहाल -निर्विरोध, माओवादी केन्द्र
मुक्ताकुमारी यादव -निर्विरोध, कांग्रेस
प्रमिला कुमारी -निर्विरोध, फोरम नेपाल
अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल -निर्विरोध, राजपा
दलिततर्फ
रामप्रित पासवान -निर्विरोध, फोरम नेपाल

प्रदेश ३
प्रदेश ३ मा ८ जनाकै निर्वाचन भएको छ ।

महिलातर्फ
उदया शर्मा पौडेल -निर्वाचित, एमाले ३५१०
पार्वती रावल थापा -निर्वाचित, एमाले ३२७६
धनकुमारी खतिवडा -निर्वाचित, कांग्रेस २३७६

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा -निर्वाचित, एमाले ६८५८
अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई -निर्वाचित, एमाले ६८७६

खुलातर्फ
रामबहादुर थापा बादल- माओवादी केन्द्र ३३३६
बलराम बास्कोटा-एमाले ३४४४
राधेश्याम खतिवडा-कांग्रेस २५५६

प्रदेश नम्बर ४
प्रदेश ४ मा एकजना निर्विरोध निर्वाचित भएका छन् । ७ जनाको निर्वाचन भएको छ ।

खुल्ला समुहमा
दीनानाथ शर्मा – माओवादी- १५३०
सुरेन्द्र पाण्डे-कांग्रेस २२६२
गणेश तिमल्सिना-नेकपा एमाले-१७८२

दलिततर्फ
खिमबहादुर विक-माओवादी केन्द्र-३३९६

अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ -निर्विरोध, कांग्रेस

महिलातर्फ
विन्दादेवी आले राना- कांग्रेस-२२७४
दीपा गुरुङ-नेकपा एमाले-१७१६
शान्ति अधिकारी-एमाले-१५१२

प्रदेश ५
प्रदेश ५ मा तीन जना महिला निर्विरोध भएका छन् भने ६ जनाको लागि निर्वाचन भएको छ ।

महिलातर्फ
अनिता देवकोटा -निर्विरोध, कांग्रेस
कोमल वली -निर्विरोध, एमाले
मिना बुढा -निर्विरोध, एमाले

दलिततर्फ
रामलखन चमार-निर्वाचित, एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर -निर्वाचित, माओवादी

अन्य सदस्यबाट बिजयी
खिमलाल भट्टराई-नेकपा एमाले
दुर्गा प्रसाद उपाध्याय-नेपाली कांग्रेस
चन्द्र बहादुर खड्का-नेकपा माओवादी केन्द्र

प्रदेश ६
प्रदेश ६ मा आठै जनाको लागि निर्वाचन भएको छ । छ को मतगणना भइरहेको छ ।

प्रदेश ७ 
प्रदेश ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दलित तथा अल्पसख्यक वा अपाङ्गको निर्वाचन भएको छ ।
एमालेबाट ४, कांग्रेसबाट २ र माओवाद्यी २ जना निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ
शेरबहादुर कुँवर -निर्विरोध, एमाले
हरिराज चौधरी -निर्विरोध, माओवादी केन्द्र
बद्री पाण्डे -निर्विरोध, कांग्रेस

महिलातर्फ
इन्दु कडरिया -निर्विरोध, एमाले
कमलाकुमारी वली -निर्विरोध, एमाले
तारादेवी भट्ट -निर्विरोध, कांग्रेस

दलिततर्फ
चक्र स्नेही -निर्वाचित, एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा -निर्वाचित, माओवादी केन्द्र

अन्नपूर्णबाट