आजबाट मौसम सफा हुन्छ : मौसमविद

माघ २५, काठमाडौँ – आकासमा बादल देखेर नआत्तिनुहोस् । यो बुधबारका लागि मात्र हो । मौसमविद्को अनुमानमा बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लाग्छ । बुधबारको बादल बिहीबार बिहान सम्ममा पूर्वबाट बाहिरिन्छ ।

‘पश्चिम नेपालबाट सुख्खा बादल भित्रिएकाले बुधबार देशभर बादल लागेको हो । यो एकदिनका लागि मात्र यस्तो भयो । बिहीबारबाट मौसम सफा हुन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेल भन्छन, ‘आत्तिनु पर्दैन । चिसो खासै घटेको छैन ।’ उनले यति भनिरहँदा बुधबार बिहानको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो जबकि मंगलबार ८.५ डिग्री सेल्सियस थियो ।

उनका अनुसार घाम नलागेका कारण न्यूनतम घटेको हो र बिहबारको तुलनामा बुधबारको अधिकतम तापक्रम पनि घट्न सक्छ । ‘पश्चिमको तुलनामा मध्य र पूर्वमा धेरै बादल देखिन्छ’, पौडेलले भने । यस प्रणालीले मंगलबार र बुधबारको मौसममा सामान्य असर गरेको उनले जानकारी दिए । पश्चिमी वायुसँगै अरेबियन सागरबाट आएको सुख्खा वायु पश्चिम नेपालबाट बुधबार भित्रिएको थियो । उनले बिहीवारबाट अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने जानकारी दिए ।
नागरिकबाट