बलात्कारको मुद्धामा एसपी विद्यानन्द निलम्बीत

माघ २३ काठमाडौं—इटहरीमा भएको बालिका बलात्कार काण्डलाई ढाक छोप गर्न साथ दिएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरी प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् ।
उनी संगै इन्स्पेक्टर चिरञ्जीवि दाहाल समेत निलम्बनमा परेका हुन् । बलात्कारको मुद्धा लुकाउन खोजे आरोपमा उनीहरुलाई मंगलबार निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेकोछ । साथै सई भीमबहादुर खत्री पनि छानविनको घेरामा परेका छन् ।