बेलायतका मन्त्री नेपाल आउने

माघ २२, इमेलखबर—यो साता बेलायतका आर्म फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले नेपाल भ्रमण गर्ने भएका छन् । उनी यहि ९ देखि १३ फेब्रुअरीमा नेपाल भ्रमण गर्न लागेका हुन । नयां सरकार गठन भएपछि नेपालमा बेलायती मन्त्रीको भ्रमण हुन लागेको हो । यसले दुई देश बीच पारस्परिक सम्बन्ध विस्तार हुने विश्वास गरिएकोछ ।