ठाकुर प्रताप दुलालको आफ्नै संगीत एव श्वरबद्ध गीत ‘सान्नानी’ को भिडियो सार्वजनिक

काठमाडौं – संगीतमा नै भबिष्य खोजी संगीत बिषयमा नेपालमा बिए र भारतबाट एम ए सम्मको अध्ययन गरी स्वदेश फर्किएका संगीतकार एव गायक ठाकुर प्रताप दुलालले आफ्नै संगीत एव श्वरबद्ध गीत ‘सान्नानी’ को भिडियो सार्बजनिक गरेका छन् । भारतको प्रसिद्ध रबिन्द्र भारती बिश्वबिधालयमा अध्ययन गरेर स्वदेश फर्किएका ठाकुर प्रताप आफ्नै देशमा संगीतमा लागेर केहि गर्नु पर्छ भनेर अग्रसर भइरहेका छन् ।

सार्बजनिक गीतमा प्रिया रिजाल र गायक ठाकुर प्रताप आफैले अभिनय गरेका छन् । बिदेशमा रहने श्रीमान् लाइ सम्झदै प्रियाले दिन गनिरहेको भिडियोमा देखाइएको छ । भिडियोलाइ पेमा तामाङ गोफ्ले ले निर्देशन गरेका हुन् भने हरिश महराले छायांकन गरेका हुन् । भिडियोलाइ सुजन शाहीले सम्पादन गरेका हुन् भने मेकअप सन्जु पौडेलको रहेको छ ।

हेर्नुहोस भिडियो