कोहलपुरमा लोककला प्रशिक्षण तथा गोष्ठी

प्रकृती दाहाल
काठमाडौ – लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ बाके जिल्लाको कोहलपुरमा तीनदिने प्रशिक्षण, कार्यशाला तथा गोष्ठी मंगलबारदेखि सुरु भएको छ ।

लोककलाका दृष्टिले दाङ, बर्दिया, बाके, कपिलवस्तु लगायतका क्षेत्र उर्वर रहेकाले त्यसलाई राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका लोककला विभागका प्रमुख प्राज्ञ परिषद् सदस्य एससी सुमनले बताए । उनले भने, ‘स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको छ।’

कार्यक्रमको उद््घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लोक कला र साहित्य राष्ट्रको पहिचान भएकाले यसको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए । ‘उनले भने, मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न तयार छौं ।’
मन्तव्यको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले नेपाली कलालाई समृद्ध बनाउन प्रशिक्षण, कार्यशाला तथा गोष्ठी महत्वपूर्ण हुने बताइन् ।

कला साहित्यको क्षेत्रमा विभिन्न कार्यक्रम पूर्णिमामार्फत गर्दै आइरहेको हाम्रो पूर्णिमा प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए । उनले भने, ‘स्थानीय लोककलालाई प्रवद्र्धन गर्न प्रज्ञा प्रतिष्ठानसँग मिलेर आगामी दिनमा काम गर्नेछ ।’

कार्यक्रममा लोककलाका क्षेत्रमा योगदान दिने डम्बरबहादुर चौधरी दाङ, विष्णु कुमाल बाँके र रामदयाल ठाकुर कपिलवस्तुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा ललितकला पत्रकार समाजका कार्यसमिति सदस्य विनिता मरहट््टा, इन्द्रराज पौडेल, विष्णु वेल्वासे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्य भएको हो ।