यी हुन राष्ट्रियसभा निर्वाचनमा एमालेबाट १३ जना उम्मेदवार (सूचिसहित)

माघ ९, काठमाडौं – नेकपा एमालेले आफ्नो भागमा परेका २९ जना मध्ये १३ उम्मेदवारको टुंगो लगाएको छ । सोमबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको हो ।

सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ ।

प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, . नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ ।