‘मिस नेपाल–२०१८’ को लागी आवेदन खुल्ला

काठमाडौ — मिस नेपाल–२०१८’ को लागी आवेदन खुल्ला गरिएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दैै द हिडेन ट्रेजरले सन् २०१८ को लागी मिस नेपालको घोषणा गरेको हो । यस वर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ गरी चार जना प्रतिभाशाली युवतीको चयन गरिने बताइएको छ ।
यस वर्ष मिस नेपालको अडिसन नेपालको ८ सहर विरगञ्ज, बिर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा हुनेछ । अन्तिम अडिसन भने काठमाण्डौमा हुने आयोजकले बताए । अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धालाई ७ हप्ता प्रशिक्षण दिइनेछ । उमेरको हकमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवेदन सक्नेछन् । बिहे नगरेका, विवाहको बचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो सर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन् ।