बुटवलमा प्रदेश राजधानी बनाउने तयारी

माघ, ४ काठमाडौं— रुपन्देहीमा मन्त्रालय व्यवस्थापनको गृहकार्य सुरु भएकोछ । सरकाले प्रदेशको अस्थायी राजधानी तोक पछि गृहकार्य सुरु भएको हो । स्थानीय प्रशासनका अनुसार सरकारी भवन तयारी अवस्थामा रहेको जनाएको छ ।
बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीका कार्यालय, मन्त्रालय, सचिवालय, पहिलो बैठक बस्ने स्थान समेत बनाउने गृहकार्य सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालयबाट खटिएको भौतिक पुर्वाधार अध्ययन टोलीले गरेको सिफारिसका आधारमा तयारी थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले बताए ।