बार्सिलोनाको लागि स्पाइनियल बाधक,पेनाल्टीमा चुके मेस्सी

माघ ४,काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ ।
गयराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ । ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक खेलमा बार्सिलोनाका लियोनल मेस्सी पेनाल्टीमा चुक्दा बार्सिलोनाले हार बेहोर्नु पर्यो ।

खेलको ६१ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्न नसक्दा बार्सिलोना पराजित हुन पुग्यो । मेस्सीको सुन्दर प्रहारलाई स्पाइनियलका गोलरक्षकले सुन्दर बचाउ गरे । त्यसपछि पनि रोचक बनेको खेलको अन्त्यतिर बार्सिलोना सम्हालिन सकेन ।

स्पनइनियलका ओस्कार मेलेन्डोले ८८ औँ मिनेटमा गोल गरेपछि बार्सिलोना निरास मात्र भएन कोपा डेल रे को सेमिफाइनल पुग्नको लागि अर्को लेगमा २ । ० को जित निकाल्नै पर्ने बाध्यतामा पुग्यो । यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो । यस सिजनका ला लिगा,च्याम्पियन्स लिग,कोपा डेल रे लगायत कुनै प्रतियोगितामा बार्सिलोना पराजित भएको थिएन ।