सरकारले तोक्यो अस्थायी प्रदेश प्रमुख र राजधानी

 

काठमाडौँ माघ ३ — सरकारले सातवटा प्रदेशका अस्थायी प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र  अस्थायी राजधानी तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रदेश प्रमुखमा १ नम्बर प्रदेशमा डा गोविन्द सुब्बा, २ नम्बर प्रदेशमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बर प्रदेशमा अनुराधा कोइराला, ४ नम्बर प्रदेशमा बाबुराम कुँवर, ५ नम्बर प्रदेशमा उमाकान्त झा, ६ नम्बर प्रदेशमा दुर्गाप्रसाद खनाल र ७ नम्बर प्रदेशमा मोहनराज मल्ललाई तोकिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी पनि तोकेको छ। जसअनुशार १ नम्बर प्रदेशको अस्थायी मुकाम विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ।