पिलर निर्माण गर्दा भारतले नेपालको सिमा मिच्यो

माघ, २ वीरगञ्ज—नेपाल र भारतको सिमा विवाद पुरानै हो । यतिबेला फेरि एउटा खबरले चर्चा पाएकोछ । भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा मिचिएकोछ ।
वीरगञ्ज महानरपालीका र वडा नं १ छपकैया क्षेत्रमा मात्रै १२ जना भन्दा बढी स्थानीयको झन्डै ५० विघा जमीन मिचिएको उल्लेख छ । त्यहाका स्थानीयले ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारतमा परेको बताउछन् । त्यहाका अनुसार विभिन्न नम्बरका पिलर निर्माणले भारतको जग्गा मिचिएको दावी गरेका छन् ।