निर्वाचन प्रमुख आयुक्त यादव : ‘जहा कानुन मौन छ त्यहा आयोग बोल्छ’

माघ, १ विराटनगर—राष्ट्रिय सभा निर्वाचनको निर्वाचक मण्डलको पुर्णताकालागि प्रदेश प्रमुख हुन जरुरी भएकाले तत्कालै प्रदेश प्रमुख नियुक्त गर्न प्रमुख निवार्चन आयुक्त अयोधीप्रसाद यादवले आग्रह गरेका छन् । विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालय भवन उद्घाटनका क्रममा उनले यसो भनेका हुन् । माघ ७ गते राष्ट्रिय निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्ने दिन आएकोछ ।

यस अगाडि नै सरकारले प्रदेश सभा सदस्यले सपथ ग्रहण गरि सक्नु पर्ने प्रमुख आयुक्त यादवले बताए । यसो भएन भने आयोग आफ्नो अनुकुल चल्न बाध्य हुने चेतावनी दिए । उनले माघ २४ गते निर्वाचन सम्पन्न गराउन आयोगले प्रक्रिया थाल्न सक्ने सुनाए । उनले जहा कानुन मौन छ त्यहा आयोग बोल्ने धारणा राखे । उनले फागुन पहिलो साता भित्र नै निर्वाचन परिणामलाई राष्ट्रपति समक्ष पेश गर्ने समेत सुनाए ।