माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन्, ‘पार्टी एकता भएरै छाड्ने’

माघ, १ काठमाडौं— ‘एउटै कम्युनिष्ट केन्द्र बनोस् भन्ने थियो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘नेपालमा समृद्धि आयोस् भन्ने चाहना थियो, अब त्यो पुरा हुन्छ ।’ उनले राजधानीमा आयोजीत एक कार्यक्रममा पार्टी एकता जसरी पनि गर्ने धारणा राखेका थिए ।

एमाले र माओवादीको एकता हुने की नहुने आंशका बेला बखत उठ्ने भएपनि उनले यस्तो दुविधा हटाउन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने आफ्नो वर्षौदेखिको सपना रहेको बताए । साथै उनले एमाले अध्यक्ष केपी ओली समेत पार्टी एकताको विषयमा पछि नहट्ने दावा गरेका छन् । उनले जनताले कम्युनिष्ट एकताको प्रक्रियालाई अनुमोदन गरेको बताए । जुन छिट्टै कार्यन्वयनमा छिट्टै आउने छ । उनले अब सरकारको ध्यान मात्रै विकासमा केन्द्रित हुने प्रस्ट पारे ।