११ बुँदे माग अघि सार्दै देशभरका नर्सहरु अन्दोलित

पुष २७,काठमाडौ — ११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलित भएका छन ।
घोषित आन्दोलन तालिका अनुसार बिहीवार पनि हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेका छन नेपाल नर्सिङ संघको अव्हानमा देशभरिका नर्सहरु आन्देलित भएका हुन ।

। उनीहरुका माग आजसम्म पूरा नभए भोलिदेखि ३० गतेसम्म सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन ।

 

उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ुनर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन्।