पार्टी एकताबारे जथाभावी नबोल्न कार्यकर्तालाई एमालेको कडा निर्देशन

पुस २५, काठमाडौं – नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियाबारे जथाभावी नबोल्न कार्यकर्तालार्इ कडा निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा कार्यकर्ता माझ सार्वजनिक बहसमा रोक लगाउने निर्णय गरेको हो ।

नेता–कार्यकर्ताले एकताका बारे गुट उपगुटमा उत्रेर बहस र विवाद गर्न थालेपछि यसबारे निजी धारणा व्यक्त गर्न रोक लगाएको हो । त्यसैगरी एमालेले सरकार र निर्वाचन आयोगको काम संविधान बिपरित रहेको पनि ठहर गरेको छ । एमालेले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाउने गतिविधि सरकार र निर्वाचन आयोगबाट भइरहेको पनि निचोड निकालेको छ ।
अन्नपूर्णबाट