डा. गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै प्रधानमन्त्रीद्वारा आपत्ति

पुस २५,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।

‘मैले केसी पक्राउ परेको कुरा समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनार्इ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नु पर्ने कारण थिएन ।’
नयाँपत्रिकाबाट