बढ्दै गएको चिसोबाट मुलुकका विभिन्न ठाउँमा २६ जना बढीको मृत्यु

 

पुस २३, काठमाडौँ – बढ्दै गएको चिसोका कारण मुलुकका विभिन्न ठाउँमा २६ जनाभन्दा बढीको मृत्यु भएको छ । हिजोसम्म जाजरकोटमा ९, हुम्लामा ६, सिरहा र सप्तरीमा ९ र धादिङमा १ जनाको मृत्यु भएको हो । अत्यधिक चिसोका कारण फैलिएको रुघाखोकी, भाइरल ज्वरो र कतिपय ठाउँमा कठ्याङरिएर उनीहरुको मृत्यु भएको हो । एक सातभन्दा लामो लगातारको शीतलहर तथा विहानैदेखि लाग्ने बाक्लो हुस्सुका कारण तराइ र हिमाली जिल्लाहरुका बासिन्दा बढी प्रभावित भएका छन् ।
सिरहा,सप्तरी,धनुषा,कैलाली,सर्लाही,दाङ,मनाङ,कपिल्वस्तु,रुपन्ेही,मुस्ताङ,मनाङ,रुकुम,डोल्पा,हुम्ला जिल्लाका सर्वसाधारणहरु चिसोबाट विपन्न बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जाडोका कारण बालबालिका र वृद्धवेद्धा बढी प्रभावित भएका छन् भने मजदुरी गरेर दैनिकी चलाउने मजदुरहरुलाई ज्यान धान्न धौधौ भएको छ ।