बलु माथि हत्या कसले र किन गरे ?

 

पुस, २१ बुटवल—बुटवलका बसन्त पौडेल बलुको हत्या भएकोछ । शुक्रबार विहान आफ्नो फर्निचरमा आगो तारिहेको बेला उनलाई अज्ञान समुहले ग्राहकको रुपमा काठ किन्न आएको भन्दै बोलाएर गोलि हानि हत्या गरेको हो । ग्राहक बनेर आएकाले गोलि हानि मोटरसाइकलमा चढेर भागे । घाइते बलुको अस्पताल नपुग्दै बाटैमा मुत्यु भएको थियो । बलु एमाले क्षेत्रीय कमिटिका अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् ।

बलु माथि गोली प्रहार कसले र किन गर्यो ?
बलु माथि गोली प्रहार गरेर हत्या भएपछि संचारकर्मीहरुलाई फोन आयो । जसहा मनोज पुन नाम गरेको व्यक्तिले हत्या गरेको स्वीकार गर्दै जानकारी दिएका थिए । आफ्ना केटाहरुलाई अनावश्यक दुख दिएको भन्दै बलुलाई हत्या गरेको कारण मनोजले खुलाएका छन् ।