चिसोले सर्वसाधारण प्रभावीत : रौतहट र सप्तरीमा ६ जनाको मृत्यु

चिसोका कारण रौतहट र सप्तरीमा ६ जनाको मृत्यु भएकोछ । रौतहटको गढीमाईका ५५ वर्षिय महर्जन ठाकुर हजाम, राजदेवीका ७५ वर्षिय अघोधी राय यादव र गढीमाईका चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेक महम्मद अलीको मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा विपन्न र मजदुरहरु रहेको बताए । यता सप्तरीमा पनि तीन जनाको मृत्यु भएको छ । चिसो बढेपछि यहाका सर्वसाधारणको जनजीवन कष्टकर हुदै गएकोछ । महदेवा गाउपालीकाका ५४ वर्षिया सुकदेव यादव, राजविराजकी ६५ वर्षिया कैलीदेवी खंग र राजविरजकै ६० वर्षीय नाजो बेगमको मृत्यु भएको हो ।