राष्ट्रियसभापछि मात्र समानुपातिकको नतिजा :आयोग

 

पुस २०,काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचन परिणाम सार्वजनिक नगर्ने प्रष्ट पारेको छ । आयोगले विज्ञप्ति निकालेर परिणाम सार्वजनिक गर्न आयोग आफैँ आतुर हुँदा हुँदै पनि संवैधानिक र कानुनी अड्चनका कारण परिणाम सार्वजनिक गर्न नसकिने जनाएको हो ।

आयोगले संविधानको धारा ८४ को (६) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) अनुसार राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरु मध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्न आयोग असमर्थ रहेको प्रष्ट पारेको हो । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तिव्र पारेको जनाएको छ । राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण भएपछि राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई आयोगले तीव्र बनाएको आयोगले जनाएको छ । नयाँपत्रिकाबाट