अब मन्त्री र सांसद बढीमा २ पटक मात्र :वाइसिएल

 

पुस १९,काठमाडौं – वाइसिएलले एमालेसँग एकता जनयुद्ध, जनभावना र क्रान्तिकारी स्प्रिडका आधारमा गर्नु पर्ने निर्णय गरेको छ । पुष १६ र १७ गते भएको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले सो निर्णय गरेको हो। पार्टीले सबै नेता कार्यकर्तालाई समान अवसर प्रदान गर्नु पर्ने वाइसिएलले माग गरेको छ । वाइसिएलले समान अवसर प्रदानका लागि पार्टीलाई खाका सहितको सुझाव दिएको छ ।
बैठकमा समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व जम्मा १ पटक, मन्त्रिमण्डलमा प्रतिनिधित्व जम्मा २ पटक, प्रत्यक्ष संसदमा चुनाव लड्ने जम्मा २ पटक र तेस्रोपटक लड्न इच्छुक रहे १ पटक होल्डमा बस्ने गरी वा यस्तै कुनै बैज्ञानिक नीति र विधिको विकास गर्न पार्टी नेतृत्व समक्ष आग्रह गर्ने निर्णय भएको छ । पार्टीको प्रमुख नेताको हकमा भने यस्तो व्यवस्था माथि विचार गर्न सकिने सुझाव वाइसिएलले दिएको छ । सम्पूर्ण संगठनको ध्यान मुलुकको सम्बृद्धि तथा स्वरोजगारमा केन्द्रीत गर्ने निर्णय गर्दै ६ महिनामा १ हजार युवालाई रोजगारी प्रदान गर्न विशेष पहल गर्ने निर्णय गरिएको वाइसिएल महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए ।
अन्नपूर्णबाट