जीन्दगी ! फुलको भर

 

प्रकृती दाहाल-
‘ए नानी ! नानी,
ए बाबु ! बाबु
फुल लैजानुहोस्, पशुपतिमा चढाउनुुस धर्म कमाउनुहोस् ।’
झिसमिसे बिहानी । पशुपति क्षेत्र वरिपरि छपक्कै छोपिएको कुहिरो छिचोल्दै चम्फा बिसुङगे यसै गरि आवाज दिइरहन्छिन् ।  ढकमक्क फुलेका फुलहरुले उनीतिर हेरिरहेका हुन्छन् । उनी भने फुल कसले किन्छ भन्दै दर्शनार्थीहरुतिर नियालिरहेकी हुन्छीन् । चम्फाले एक वर्षदेखि पशुपति क्षेत्र परिसरमा फुलको व्यापार गर्दै आएकी छन् । उनका लागि फुल व्यापार धर्म र कर्म दुवै हो । ‘दर्शनार्थीलाई फुल सेवा गर्नु धर्म हो’, उनी भन्छिन्, ‘अर्को तर्फ काम गरेर पेट पालेकी छु, कर्म पनि हो ।’ बिहानभरि फुल बेचेर घरखर्च जुटाउन सक्ने हुदा यो पेशा चम्फाको लागि सजिलो लाग्छ । हुनत उनले सोचे जस्तो एकै नासे व्यापार हुदैन । नगरपालिकाको झमेलाले उनी लगायत थुप्रै फुल व्यापार गरेर बस्नेहरु मर्कामा छन् ।
‘जस्तो सुकै भएपनि परिवार त पाल्नै पर्यो’, पशुपति क्षेत्रमै फुल व्यापार गर्ने मेनुका काफ्ले भन्छिन्, ‘गरिबलाई जहा पनि दुखै गर्न लेखेको हुदोरहेछ ।’


काभ्रे घर भई हाल गौरीघाटमा बस्दै आएकी मेनुकाले सडकमा व्यापार गर्नु कुनै चाह थिएन् । पसलमा फुल व्यापार गरेको अनुभव उनी संग छ । तर, त्यो क्षणी रह्यो । उनका अनुसार नगरपालीकाले पसल हटाएपछि सडकमा फुल राख्नुको विकल्प  नै रहेन । पसलको परिकल्पना गर्दै एकातिर उनी अन्र्तवाता दिदै थिइन् भने अर्को तिर दर्शनार्थिलाई ‘एक वेल पत्रको २० रुपैया मात्रै हजुर’ भन्दै दर्शनार्थीको ध्यानार्कषण गराउदै थिइन् । मेनुका अत्यन्त हसिली छिन् । फुल जस्तै । उनको यहि गुणले पनि होला दर्शनार्थी फुल किन्न उनीतिर तानिन्थे । फुल र उनको हासोमा चलेको व्यापारले उनको परिवार पालिएकोछ । यद्यपी श्रीमान विदेशमा छन् । उनी सहयात्रीका रुपमा पेशा गरेर घर खर्च धानेकी छन् ।

‘अबको समय श्रीमानको कमाईमा पालीन सक्ने छैन’, उनी थप्छिन्, ‘मेरो सानो सहयोगले घरमा ठुलै भुमिका खेल्छ नि ।’ घर, परिवार र जीन्दगीका कुरामा घोत्लीरहेकी मेनुकालाई उनको छेउमै प्रतिस्प्रर्धी भएर फुल बेचिरहेकी मिना मानन्धरले भंग गरिदिइन् । ‘आयो आयो विकासकोष…’ भन्दै मिना हतासिन् । नाम थियो विकास कोष तर, फुल व्यापार गरिरहेका ति व्यापारी महिलाका लागि त्यो शब्द अन्धकार जस्तै लाग्थ्यो । बल्ल तल्ल बसालेको व्यापार कतिबेला लुटिने  हो पत्तो हुदैन थियो । काठमाडौकी बासिन्दा मिना ३० वर्षदेखि यहि नियती भोग्दै आएकी छन् । २२ जना फुल व्यापारी महिला समुहको अध्यक्ष समेत रहेकी मीना सडकमा व्यापार गर्नु निकै चुनौतिपुर्ण रहेको बताउछिन् । पशुपति विकास कोषले सरसफाइ अभियान चलाउन थालेपछि पसलहरु सबै हटे । जसले गर्दा जीविकोपार्जन गरिरहेका थुप्रै महिलाहरु सडकमै फुल बेच्न बाध्य छन् ।‘सरसफाई हुनु त राम्रै कुरा हो’, मीना भन्छिन्, ‘तर, हामी व्यापारीको मर्का पनि बुझ्नु पर्थ्यो नि ।’ मीनाले पशुपति विकास कोषसंग भाडा तिरेरै भएपनि व्यापार गर्ने स्थान चाहिएको निवेदन समेत दिएकी छन् । कहिले सुनुवाई हुने हो र फेरि पसलमा फुल  ढकमक्क  पारेर बेच्ने हो ? मनभरि आशा बटुलेर सडकमै छन ति महिलाहरु ।