तराईमा चिसो बढ्दै, विहान बाहिर ननिस्कन प्रशासनको आग्रह

पुस १७,काठमाडौ — दिनानुदिन चिसो बढदै गएपछि तराई कठ्याङ्ग्रिदै गएको छ । तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । ३ दिनदेखि दिउसो घाम नलागेपछि कपिलवस्तुको दैनिकी कष्टकर बनेको छ ।
रातिबाटै दिउसो अवेरसम्म लाग्ने बाक्लो हुस्सुले कठयांङ्ग्रिने गरि जाडो बढेको छ । चिसो बढे पछि सर्वसाधारण घरभित्रै खम्चिएका छन् । बाटोमा निक्कै कम हिडडुल गर्ने भेटिन्छन् । चिसोले कार्यालयमा सेवाग्राहीको उपस्थित पातलिएकोछ । चौक चौक र घरघरमा आगो र हिटर बालेर न्यानो बनेर बस्नेहरु बढेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि विहानमा चिसोमा घरबाट ननिस्कन आग्रह गरेकोछ । कार्यालयले चिसोबाट जोगिन आग्रह गर्दै रोग व्याधीबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । यो समाचार मनोज पौडेलले कान्तिपुरमा लेख्नुभएको छ ।
मुटु छुने चिसो बढे पछि वालवालिका र बृद्धबृद्धा प्रभावित बनेका छन । ठाउँठाउँमा नगरपालिका र गाउँपालिकाले आगो ताप्न काठदाउरा वितण गरेकोछ । २ सातादेखि दिउसो कुहिरो लाग्न थालेपछि चिसो बढेको हो । बिचमा २ दिन दिउसो घाम लागेपछि सहज बनेको जनजीवन शुक्रवारबाट गाह्रो हुदै गएकोछ । गत शनिवार यो सिजनकै सबैभन्दा बढी चिसो भयो । न्युनतम १२ देखि १३ डिग्रि सेल्सियस रहदै आएको तापक्रम घटेर ६ डिग्रीमा झरेकोछ । अधिक्तम पनि १४ डिग्री सेल्सियस रहेको रामनगर स्थित जल तथा मौषम विज्ञान विभागको ईकाईका रामु रेग्मीले बताए ।
जाडो बढेपछि तौलिहवा, पिपरा र वहादुरगंज अस्पतालमा श्वासप्रश्वास र दमका रोगीको उपचार गराउनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकामको तौलिहवा अस्पताल आकस्मिक कक्ष र ओपीडीमा उपचार गराउन आउने बिरामी मध्ये आधा बढी स्वाशप्रश्वासका रहेको सिअहेव सुभाष यादबले बताए । ‘७ दिन यता अस्पतालमा ५० वर्ष माथी र ५ बर्ष मुनीका वालवालिका दैनिक जसो सय बढी उपचारकालागि आउने गरेको उनले बताए । दैनिक ६०र७० जना विरामी उपचारकालागि आउने गरेकामा अहिले चिसो बढे पछि दोब्बर बढेका छन ।
चिसोले अस्पतालमा श्वासपश्वास, झाडावान्ता, ज्वरो, निमोनिया, रुघाखोकी र ब्रोङ्काइस्टस लगायत बिरामी बढेको अहेब नुमान अहमदले बताए । चिसो बढे पछि चोक चोकमा आगो बालेर ताप्ने बढेका छन ।