स्वस्थानी व्रत कथा आजवाट सुरुः शालीनदीमा एक महिने मेला लाग्ने

 

पुष १७,काठमाडौं – शङ्करापुर नगरपालिकामा अवस्थित धार्मीक स्थल शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज सोमबारदेखि सुरु भएको छ ।
आज बिहान सबेरै देखि दशानाथीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।