हाम्रो कला, हाम्रो संस्कृति, ह्पाप्पी तमु ह्लोसार (फोटोफिचर)

प्रकृती दाहाल
पुष १५, काठमाडौ— गुुरुङ समुदायले पुुरानो बर्षलाई बिदाइ गरि नयाँ बर्ष लाइ स्वागत गर्दै तमुु ह्लोसार देशैभरि मनाएका छन । पुष १५ गते मनाइने पर्वमा बिभिन्न सांस्कृतिक कार्यक्रम, सामुहिक खानपान गरि मनाउने गर्दछन ।


काठमाडौको टुुडिखेलमा पनि बिभिन्न भेगबाट काठमाडौ बसोवास गर्दैै आएका गुुरुङ समुुदायहरुले हर्ष उल्लासका साथ तमुु ल्हेसार मनाए । विभिन्न कार्यक्रमका साथमा रमाइरहेका थिए । युवक युुवती आफनै मौलिक पहिरनमा सजिएर फोटो खिचाउन व्यस्त देखिन्थे । स्टलहरुमा गुरुङहरुको मौलिक परिकार सजाइएका थिए । प्रहरी प्रशासनलाई भिड थाम्न निकै हम्मे हम्मे परेको थियो ।

गुरुङ भेषभुुषा सजिएकी लम्जुङ भएकी अनिता गुरुङले निकै रमाइलो भइरहेको बताइन । उनले भनिन ‘आफनो संस्कृति मनाउन पाउदा रमाइलो नै लाग्छ नि ’