वाम एकता, बारम्बार किन रोकिन्छ बैठक ?

 

पुस १२,काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता नहुन नदिन विदेशी चलखेल सुरु भएको छ । एमाले र फोरम तथा एमाले इतर सरकारको जोड घटाउको चर्चा चल्नुको पछाडि विदेशी चलखेल देखिएको पुष्टि वाम नेताहरुले नै गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं नआउनुले थप शंका बढेको छ । मिति तय गरिएको एमाले–माओवादीको एकता संयोजन समितिको बैठक दुई पटक स्थगित भइसकेको छ । प्रतिनिधि सभाको २६५ सिट मध्ये एमालेले प्रत्यक्ष र समानुपातिक सहित १२१ सिट जितेको छ । यस्तोमा फोरमको १६ सीट हुँदा बहुमत हुन्छ । उता कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ मिलाउँदा स्पष्ट बहुमत हुन्छ ।

एमाले र फोरमका नेताहरु बीच सरकार गठनबारे छलफल भइरहेको कुरा बाहिर आएको छ । कांग्रेस र मधेसवादी दलले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको लागि पटक पटक प्रस्ताव गरिसकेका छन् । यस्तो अवस्थामा एकता संयोजन समितिको बैठक बस्न नसक्नुले झै शंकालाई मलजल गरेको छ ।
अन्नपूर्णबाट